बालेनले नजलाउँ भनेर स्टाटस लेखेको भए देश ध्वस्त हुने थिएन : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य नेता महेश बस्नेतले भदौ २३ गते जेनजीले भ्रष्टाचारको विरुद्धमा चलाएको शान्तिपूर्ण आन्दोलन घुसपैठ भएको बताएका छन्।

आज साईबर व्युरोमा बयान दिए लगत्तै एमाले हेडक्वाटरमा पत्रकार सम्मेलन गर्दै जेनजीले शान्तिपूर्ण आन्दोलन गरेपनि बिचमा भएको घुसपैठले विध्वंश मच्चाएको उनले बताएका हुन्।

उनले भने- ‘जेनजीले भ्रष्टाचारको विरुद्ध, नेपो बेबीको विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेका थिए। तर बिचमा घुसपैठ भयो । ४ घण्टाभित्र देशलाई ध्वस्त पार्ने काम भयो।’

सिंहदरबार जलाउँछु भनेर पहिले नै भन्दै आएको बालेनले आन्दोलनका दिन नजलाउ भनेर स्टाटस लेखेको भए देश ध्वस्त नहुने उल्लेख गरे।

यस्तै बस्नेतले रवि लामिछानेलाई छुटाउन जाने रास्वपाका डिपी अर्याल, मनिझा झा, ज्वाला संग्रौला लगायतलाई कारबाही हुनुपर्ने बताए।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्