झापामा डुबानकाे क्षती: एउटै फर्मका एक हजार कुखुरा मरे



झापा २२ असाेज। लगातारको वर्षासँगै डुबानमा परेर झापाको झापा गाउँपालिकामा एउटै फर्मका एक हजार कुखुरा मरेका छन् ।

झापा गाउँपालिका वडा नं ३ टप्पु बस्ने सुरज राजवंशीको झापाली कृषि फर्ममा रहेका कुखुरा असोज १९ गते आएको बाढीका कारण डुबेर मरेका हुन् । यसबाट करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको पीडित राजवंशीले बताउनुभयो ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्