विपिन जोशीको भिडियो सार्वजनिक



काठमाडौं, असोज २३ । इजरायली गुप्तचर निकायले हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको भिडियो सार्वजनिक गरेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले नियन्त्रणमा लिएपछि रेकर्ड गरिएको अनुमान गरिएको उक्त पुरानो भिडियो बुधबार साँझ सार्वजनिक गरिएको हो ।

जेरुसेलम पोस्टमा प्रकाशित समाचारअनुसार इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त फुटेज ‘बन्धक परिवार फोरम’को पहलमा सार्वजनिक गरिएको हो।

नेपाल सरकारले उनको रिहाइका लागि निरन्तर पहल गर्दै आएपनि हाल उनको अवस्था अज्ञात छ । यो भिडियो सार्वजनिक भएपछि उनी जिवित रहेको विश्वास लिइएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्