पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना



काठमाडौँ, असोज २३ । हाल देशका केही भागमा पश्चिमी वायुको प्रभाव र स्थायी वायुको प्रभाव छ । जसले गर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा मौसम बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्