बसको ठक्करबाट एक जनाको मृत्यु



प्युठान, असोज २३ । प्युठानको मल्लरानी गाउँपालिका–१ टोड्केमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बाग्दुलाबाट ठुलाचौरतर्फ जाँदै गरेको ना. ५ ख ६०४ नम्बरको बसले बुधवार साँझ ठक्कर दिँदा झिमरुक गाउँपालिका–४ कन्दले निवासी ४० वर्षीय चन्द्र बहादुर पुनको मृत्यु भएको हो ।

घाइते अवस्थामा प्युठान अस्पताल पुर्याइएको पुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्