देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
काठमाडौं, असोज २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
उनले बैठक आज दिउँसो १ बजेका लागि बोलाएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । पार्टी कार्यालयमा आगजनी भएको हुँदा बैठक कहाँ बस्ने भन्ने यकिन गरिएको छैन ।
उनका अनुसार बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा र पछिल्लो राजनीतिक घटनाक्रमलगायतका बारेमा छलफल हुनेछ ।
जेन–जी आन्दोलनका क्रममा देउवामाथि भौतिक आक्रमण भएको थियो । बूढानीलकण्ठस्थित निवासमै उनी र श्रीमती आरजु राणामाथि आक्रमण गर्दै निवासमा आगजनी गरिएको थियो ।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












