सुर्खेत जाँदै गरेको गाडीभित्र युवक मृत फेला



जुम्ला, असोज २३ । जुम्लामा मुगुबाट सुर्खेत जाँदै गरेको बसमा एक युवक मृत फेला परेका छन् ।

हिमा गाउँपालिका–१ आचार्यवाडा स्थित बुधबार साँझ करिब ८ः३० बजे एसएलएम गाडी नम्बर क.प्र. ०२–००१ ख ११८० को कोलियामा एक युवक मृत अवस्थामा फेला परेका हुन् ।

मृत युवा हिमा गाउँपालिका–१ आचार्यबाडाका २२ वर्षीय गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

मृतकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिन बाबु रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्