ओलीले आज गुण्डुको कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भक्तपुरको गुण्डुमा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी हुँदैछन् ।
एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् ।
जेनजी युवा आन्दोलनको क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि पूर्व प्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।
आन्दोलनमा दमनकारी नीति लिएको आरोपमा ओलीलाई पक्राउ गरी कारबाही गर्न युवाहरुले प्रहरीमा जाहेरीसमेत दिएका छन् ।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












