ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
ललितपुर । ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
आज बिहान ललितपुर महानगरपालिका १७ ग्वार्कोमा लु.५६ प १००३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लमजुङको भोटेवडार घर भएका ३४ वर्षीय नवराज अधिकारी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार












