कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै



काठमाडौं, असोज २४ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार बसेको बैठक आज पनि बस्न लागेको हो ।

पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्ने तय भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा नेताहरुले जेनजी आन्दोलनमा व्यक्तिका निजी सम्पत्ति, नेता तथा व्यवसायी, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारबाहीमा ल्याउनुपर्ने लगायतका विषयमा धारणा राखिरहेको उनले बताए ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्