एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं, असोज २४ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
यसअघि स्थगित भएको बैठक आज बस्न लागेको हो । सचिवालय बैठक यसअघि आइतबारका लागि तय गरिएपनि अबिरल वर्षा, बाढीपहिरो र डुबानका कारण स्थगित भएको थियो ।
सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने बताइएको छ ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार












