वायुको प्रभाव कमजोर, केही स्थानमा हल्का वर्षा
काठमाडौं, असोज २४ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कमजोर बनेको छ । जसले गर्दा देशका केही स्थानमा मौसमको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै यी दुवै प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार












