रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एनेण्डा
काठमाडौं, असोज २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।
यसअघि बुधबार बसेको बैठकको निरन्तरता अनुरुप आज सचिवालयको बैठक बस्न लागेको रास्वपाले जनाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको छ ।
बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान र सद्भाव यात्राको कार्यसूची लगायतका विषयमा छलफल गरिने बताइएको छ ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार












