बन्धक रिहाईको २० जनाको सूचीमा छैन विपिन जोशीको नाम



काठमाडौँ, असोज २४ । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना बन्धकको सूचीमा विपिन जोशीको नाम समावेश छैन ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाहरुको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए । उनका अनुसार रिहाई हुने जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन् । जोशीको अवस्था अझै अज्ञात छ ।

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएसँगै नेपालका विपीन जोशी पनि रिहाइ हुने आश गरिएको थियो ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्