सुनसरीमा गोली हानेर सिटी सफारी चालकको हत्या
विराटनगर, असोज २६ । सुनसरीको रामधुनीमा सिटी सफारी चालकको गोली हानी हत्या गरिएको छ ।
मोटरसाइकलमा सवार तीन जनाले सफारी चालकलाई गोली हानेर फरार भएका हुन् । गोली लागेर सफारीमा रहेका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन ।
सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेवेले सफारी चालकको छातीमा चोट देखिएको बताए । उनले गोली हानिएको विषयमा अनुसन्धान भइरहेको र उनीहरुको खोजी भइरहेको बताए ।
प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार












