एमाले सचिवालय बैठक आज बस्दै



काठमाडौँ, असोज २६ । शनिबार स्थगित भएको नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान बस्दै छ ।

बैठक आज (आइतबार) बिहान ११ बजेका बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।

यसअघि शुक्रबारको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो ।

त्यसैगरी, बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे समीक्षा गर्नुका साथै राष्ट्रिय एकता कायम गर्न दलबीच सहकार्य बढाउनु पर्ने आवस्यकता औंल्याएको थियो ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्