मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको निर्णय




काठमाडौँ २६ असोज । नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

भक्तपुरको गुण्डुमा मंसिर अन्तिम साता महाधिवेशन बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । मिति र स्थान भने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

यस्तै बैठकले प्रतिनिधिसभा पुनस्थापन हुनुपर्ने माग गरेको ज्ञवालीले बताए ।

उनले सरकार मुठभेडको बाटातर्फ अघि बढिरहेको बताए । सबैलाई एकताबद्ध भएर अघि बढ्न समेत आग्रह गरिएको ज्ञवालीले बताए ।

नेता ज्ञवालीले संसद् पुनः स्थापनाबाट नै अहिलेको समस्याको निकास दिने जनाए । पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे अनावश्यक विषय बाहिर आएको दाबी उनको थियो ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्