कहाँ कस्तो छ आजको मौसम ?



काठमाडौँ, असोज २७ । हाल देशभर मौसमी वायुको प्रभाव रहेको छैन ।

आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्