नेकपा एमाले प्रतिनिधिसभा पुनःस्थापनाका लागि अदालत जाने



काठमाडौँ, असोज २७ । नेकपा एमाले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि अदालत जाने भएको छ ।

हिजो (आइतबार) साँझ सकिएको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्षसहित पुनस्र्थापना हुनुपर्ने माग अघि सारेको हो ।

यस्तै, एमालेले केन्द्रीय कमिटी बैठक लगत्तैदेखि सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन गर्ने तयारी पनि गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार आगामी २९ देखि ३१ गतेसम्म केन्द्रिय कमिटी बैठक तय भएको छ । त्यस लगत्तै आन्दोलन गर्ने सचिवालय बैठकले निर्णय गरेको हो ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्