वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
काठमाडौँ, असोज २७ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख रुपैयाँभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा अख्तियारको टोलीले लेखा अधिकृत दाहाललाई एक लाख २० हजार ५८० रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुसका रूपमा लिएको सूचना र निवेदन प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
यस विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












