नेप्से ४४.२५ अंकले बढ्यो, घट्यो कारोबार
काठमाडौं । नेप्से परिसूचक ४४.२५ अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १.७६ बढेर २,५४७.६० विन्दुमा बन्द भएको हो ।
आइतबार नेप्से ३.०५ प्रतिशतले घटेको थियो ।
सेयर कारोबार रकम घटेर चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँको खरिदबिक्री भएको छ । आइतबार ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । कारोबार रकम साढे एक अर्बभन्दा बढीले घटेको हो ।
आज २०० कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ४४ कम्पनीको सेयरमूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर छ ।
नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र किस्ट माइक्रो इन्स्योरेन्स सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
एनआरएन इन्फ्राइट्रक्चर डेभलपमेन्टको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । नेपाल पुनर्बिमा कम्पनीको २६ करोड ४७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ समूहकै परिसूचक बढेको छ । परिसूचक सर्वाधिक बढ्नेमा ‘अन्य’ समूह छ । यस समूहको परिसूचक ५.०१ प्रतिशतले बढेको छ ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स छन् ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार
















