खातामा ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
काठमाडौँ २७ असोज । एन आई सी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको वेवसाइट वा मोबाइल बैंकिङ्गमा रहेको माइ प्रोफाइलमा ट्याप गरी चेन्ज इमेल विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार
















