माडागस्करकामा पनि चर्कियो जेनजी आन्दोलन, राष्ट्रपतिले देश छोडे



काठमाडौं । माडागास्करका जेनजी आन्दोलन चर्किदा राष्ट्रपति एन्ड्री राजोएलीना देश छोडी भागेका छन् ।

सेनाका केही युनिटहरूले आन्दोलनकारीमा सामेल भएपछि राष्ट्रपति आइतबार देश छाडेर गएको संसदका विपक्षी नेता सितेनी रान्द्रियनासोलोनियाइको जानकारी दिएका थिए ।

फेसबुकमार्फत सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै राजोएलीनाले आफू र आफ्नो जीवनको सुरक्षाका लागि सुरक्षित स्थानमा सरेको बताएका थिए । उनले ठेगाना खुलाएनन् । यद्यपि उनले राजीनामा दिन भने अस्वीकार गरेका छन् ।

सेप्टेम्बर २५ मा देशभर पानी र बिजुली अभावका कारण प्रदर्शन सुरु भएका थिए । तर त्यसपछि आन्दोलन भ्रष्टाचार, दुव्र्यवस्था र आधारभूत सेवाको अभाव विरुद्ध व्यापक विद्रोहमा रूपान्तरण भयो ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्