डीएनए परीक्षण : शव विपिनकै भएको पुष्टि, दुई वर्ष अघि नै हत्या भएको दाबी
काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।
इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले पहिचान प्रक्रिया पूरा गरेपछि यो घोषणा गरेको हो
इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिरै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावासले जनाएको छ।
उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) र सैनिक रब्बिनेटको सहकार्यमा सैनिक अस्पताल लगेर डीएनए परीक्षण गरेको थियो ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार
















