नेप्सेसँगै घट्यो कारोबार
काठमाडौं । नेप्से परिसूचक १९.४३ अंकले घटेको छ । आज बजार ०.७६ प्रतिशतले घटेर २,५२८.१६ विन्दुमा बन्द भएको हो ।
सोमबार नेप्से ४४.२५ अंकले बढेर बन्द भएको थियो ।
कारोबार रकम पनि घटेको छ । आज तीन अर्ब २६ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
सोमबार चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
३३ कम्पनीको सेयरमूल्य बढेको छ । २१४ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्य स्थिर छ ।
घटेको बजारमा शुभम् पावर, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । आज यस कम्पनीको ३२ करोड सात लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड, ‘अन्य’ र व्यापार समूहको बढेको छ । म्युचुअल फन्ड समूहको ०.०६ प्रतिशत, अन्य समूहको ०.७८ प्रतिशत र व्यापार समूहको परिसूचक १.४८ प्रतितशले बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार
















