गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौँ २८ असोज । गरिमा विकास बैंक लिमिटेडले शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
सञ्चालक समितिको सोमबार बसेको ३३४औँ बैठकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।
हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैँया ५७ पैसा चुक्ता पूँजी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैँया २२ पैसा कायम हुनेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १ सय २५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार
















