एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा छुट
काठमाडौँ २९ असोज । एनआईसी एशिया बैंकका ग्राहकले एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
होटल र बैंकबीच भएको समझदारीसँगै बैंकका ग्राहकले सिद्धार्थनगर, रुपन्देहीमा रहेको सो होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्ने छ ।
उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार
















