जुवा खेलेको अभियोगमा ११ जना पक्राउ



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेलेको अभियोगमा ११ जनालाई पक्राउ गरेको छ।

‎‎गएराति वीरेन्द्रनगर नगरपालिका-८, मोडेल कलेज कटुक्कास्थित रुद्र प्रसाद खनालको घरबाट उनीहरूलाई पक्राउ गरिएको हो।

‎‎विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा विभिन्न दरका ५८ हजार ९४० रुपैयाँ र जुवा खेल्न प्रयोग गरिएका ५२ पत्तिका ८ गड्डी ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढाथापाले जानकारी दिए ।

‎‎पक्राउ पर्नेहरूमा निम्न व्यक्तिहरू रहेका छन् :

‎१. जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–८ बस्ने वर्ष ४९ का रुद्र प्रसाद खनाल (घरधनी)

२. सोही स्थान बस्ने वर्ष ५५ का दुर्गा बहादुर पुलामी

‎३. सोही स्थान बस्ने वर्ष २५ का सुशील गौतम

‎४. सोही स्थान बस्ने वर्ष ३५ का जगत बहादुर राना

‎५. सोही स्थान बस्ने वर्ष ४५ का रमेश खाण

‎६. सोही स्थान बस्ने वर्ष ३९ का दान बहादुर सिंह

‎७. वीरेन्द्रनगर वडा नं। १० बस्ने वर्ष ४३ का अशोक कुमार खड्का

‎८. सोही स्थान बस्ने वर्ष ४८ का विनोद मल्ल

‎९. वीरेन्द्रनगर वडा नं. ०८ बस्ने वर्ष ५३ का शुरत बहादुर शाही

‎१०. सोही स्थान बस्ने वर्ष ४८ का वीर जङ्ग शाही

‎११. सोही स्थान बस्ने वर्ष ५५ का रेशम मल्ल

‎‎पक्राउ परेका व्यक्तिहरूमाथि जुवा खेल्ने वा सट्टावाजी गर्न नहुने कसुरमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्