सिद्धार्थ बैंकका ग्राहकहरूलाई जर्मन होम्समा १० प्रतिशत सम्मको छुट
काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र जर्मन होम्स प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौता अनुसार, बालकोट, भक्तपुरस्थित जर्मन होम्समा सिद्धार्थ बैंकका ग्राहकहरूले आफ्नो बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०५ सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।
सिद्धार्थ बैंकले यो सहकार्य डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने र ग्राहकहरूलाई नगद कारोबारबाट बाहिर ल्याई सुरक्षित र सहज डिजिटल भुक्तानी प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले गरेको जनाएको छ।
बैंकले विश्वास लिएको छ कि यस किसिमका सहकार्यहरूले ग्राहकहरूलाई थप सेवा र सुविधामा पहुँच दिनुका साथै डिजिटल कारोबारको प्रवर्धनमा समेत योगदान पुर्याउनेछ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार
















