इन्जिनियरिङ तर्फ पियुकाे छेटाैं सेमेष्टारकाे परीक्षा साेमबारदेखि


 


काठमाडाैं, चैत्र २०

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले साेमबारदेखि इन्जिनियरिङ तर्फकाे छैटाैं सेमेष्टरकाे परीक्षा गराउँदैछ ।

विगतमा लामो समयसम्म तराई आन्दोलनक कारण छ महिना ढिलो भएको छैटौं सेमेष्टरको परीक्षा यतिबेला गराएपछि भाद्र मसान्तसम्म सातौं र पौष १५ भित्रै आठौ सेमेष्टरको परीक्षा गराइ ४ बर्ष भित्रै परीक्षा सम्पन्न हुने पियुले जनाएकाे छ ।

त्यसैगरी नयाँ तथा भएका सेमेष्टरलाई अड र इभेनमा परीक्षा सन्चालन गर्ने गरी तयार गरिएको शैक्षिक क्यालेन्डर लागू भइ सोही अनुसार ४ बर्षको कोर्ष ४ बर्षमै पूरा गरिने श्रोतले जनाएको छ ।

भोलिदेखि हुने परीक्षाको केन्द्र तोकिसकिएको छ । जस अनुसार ख्वप कलेज र हिस्ट कलेजको सेण्टर हिलसाइड कलेज अफ इन्जिनियरिङ्गमा परेको परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले जनाएकाे छ ।

प्रकाशित मिति: २० चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्