सुनको मूल्य आज तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो



काठमाडौँ, कार्तिक २ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा ४ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन शुक्रबार प्रतितोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ ।

शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज प्रतितोलामा ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्