सुनको मूल्य तोलामा ११ हजार ६०० ले घट्यो, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेर तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

कात्तिक ३ गते चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्