थापाथलीमा अनधिकृत संरचनामा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा गुठीसँग समन्वय डोजर चलाइएको हो ।
महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले भने- ‘गुठीसँग समन्वय गरेर भत्काएका छौँ । त्यहाँ बनेका संरचना अवैध हुन् । नक्साविना बनेका थिए ।’

महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध संरचनामा डोजर चलाउँदै आएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्