प्रहरी प्रभाग साँखुमा आगजनी गर्ने दुईजना समातिए



काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका-७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका-३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्