सङ्खुवासभाको किमाथांका केन्द्र भएर भूकम्पको धक्का



काठमाडौँ, कार्तिक ११ । सङ्खुवासभा केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका (सङ्खुवासभा) आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

४.३ म्याग्निच्युडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्