एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट
काठमाडौँ ११ कात्तिक । एन आई सी एशिया बैंकका ग्राहकलाई कमलादी स्थित स्काइवाक टावरमा विशेष छुट उपलब्ध हुने भएको छ ।
स्काइवाक सञ्चालन गर्ने कम्पनी र बैंकबीच छुट सम्बन्धी सम्झौता भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार
















