सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना



काठमाडौं । सोलुखुम्बुको लबुचे क्षेत्रमा अल्टिच्युड एयरको एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

अवतरण गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा चालक मात्रै थिए।

क्याप्टेन विवेक खड्का सकुशल रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हेलिकप्टर रेस्क्युको लागि गएको बताइएको छ ।

मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान छ । दुर्घटना बिहान सवा ८ बजेतिर भएको थियो ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्