रुखमा ठोक्किएर गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते



रूपन्देही। रूपन्देहीमा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सैनामैना नगरपालिका-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम विक रहेका छन्।

दुर्घटनामा अन्य चार जना घाइते छन्। घाइते हुनेमा चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्।

रूपन्देही सिटी अस्पतालमा उपचाररत चारमध्ये तीन जनाको अवस्था गम्भीर रहेको रूपन्देही प्रहरीले जनाएको छ ।

कपिलवस्तुबाट भैरहवा जाँदै गरेको प्रदेश ०१-००६ ख ७७८२ नम्बरको मंगलबार राति गैडहवा गाउँपालिक-३ रुद्रपुरमा दुर्घटना भएको थियो।

अनियन्त्रित्र भएर सडकछेउमा रहेको रुखमा ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई कपिलवस्तुको पिपरा अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्