पाख्रीबास नगरपालिकाद्वारा विद्यालय बन्द गर्न अनुरोध



धनकुटा, १३ कात्तिक  धनकुटाको पाख्रीबास नगरपालिकाले चक्रवात (मोन्था) को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको छ ।

बिहीवार नगर प्रमुख ज्ञानबहादुर गुरुङले एक सूचना जारी गर्दै मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गर्नुभएको हो । 

नगर प्रमुख गुरुङले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार हिउँदे र स्थानीय बिदा कट्टा हुनेगरि विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात (मोन्था) को प्रभाव छ । जसको प्रभाव शनिबारसम्म रहने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्