बारागढी गाउँपालिकाका वडाध्यक्षको निधन
बारा, कार्तिक १४ । बाराको बारागढी गाउँपालिका–६ का वडाध्यक्ष निरज साह तेलीको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित ४६ वर्षीय तेलीको बिहीबार राति वीरगन्ज नेसनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
उनी दोस्रो कार्यकालका लागि कांग्रेसबाट निर्वाचित थिए । पहिलो कार्यकालमा भने उनी संघीय समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए । उनका दुई छोरी, एक छोरा र श्रीमती छन् ।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार












