मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा



चितवन । अविरल वर्षाका कारण बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा आएको छ।

तुइन खोलामा निरन्तर ढुंगा खस्ने क्रम रोकिएपछि शुक्रबार दिउँसोदेखि दुईतर्फी सवारी आवागमन सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

शुक्रबार बिहानदेखि लगातार वर्षासँगै तुइन खोलाको पहाडबाट ठूला ढुंगासहित माटो बग्न थालेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। जोखिमपूर्ण अवस्थाका कारण केही घण्टासम्म सवारी आवागमन रोकिएको थियो।

सडक डिभिजनका अधिकारीहरूका अनुसार ढुंगा खस्ने क्रम रोकिएसँगै सडक सफा गरी सवारी सञ्चालनमा ल्याइएको हो। हाल सवारीसाधनहरू सावधानीपूर्वक गुडाइँदै छन्।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्