रोल्वालिङ अपडेटः चार जनाको हेलिकप्टरमार्फत उद्धार, ह्याम्स अस्पतालमा उपचार



सिन्धुपाल्चोक । रोल्वालिङ हिम क्षेत्रको यलुङ रि हिमाल आरोहणमा गएकाहरू हिमपहिरोमा फसेकाहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

नेपाली आरोही लाक्पा तामाङ र सुन बहादुर गुरुङको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको छ।

यस्तै हेलिकप्टरबाट उद्धार गरिएका दुई विदेशीको पनि काठमाडौंको इरा इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।

सोमबार दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमालको बेसक्याम्पनजिकै हिजो हिमपहिरो जाँदा दुई नेपाली र एक विदेशी नागरिकको मृत्यु भएको थियो। हिम पहिरो गएको ठाउँमा सातजना नेपाली र सातजना विदेशी गरि जम्मा १४ जना गएका थिए ।

पहिरोमा परेर घाइते भएका चारजना घाइते अवस्थामै बेसक्याम्प आइपुगेका थिए। उनीहरूले खबर गरेपछि मात्रै आरोहीहरू हिम पहिरोमा परेको खुलेको थियो। घटनालगत्तै स्थानीय प्रशासनले हिम पहिरोमा परेर आठ जना बेपत्ता भएको जानकारी दिएको थियो।

घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धारको खटिएका छन्। बेपत्ता अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक र घाइतेको नाम भने प्रहरीले अझै खुलाएको छैन।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्