पोखरा सहकारीको झन्डै ८९ करोड हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ



पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको झन्डै ८९ करोड रुपैयाँ हिनामिना आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदी रहेका छन् ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष, व्यवस्थापकसहित वर्तमान तथा पूर्व पदाधिकारीलगायतलाई अनियमित ढंगले दुरुपयोग गरेको र साथ दिएको आरोपमा पक्राउ गरेको हो ।

सहकारी रजिस्ट्रार कार्यालय कास्कीले सहकारीको बचत रकम हिनामिना भएको भन्दै आवश्यक कारबाहीका लागि मंगलबार मात्रै प्रहरीलाई पत्राचार गरेको थियो।

प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई बुधबार बिहान पक्राउ गरेर अनुसन्धान थालेको छ ।

उनीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्