मोर्चा चुनावमा आएमा कांग्रेसले आफ्नो अडान त्याग्ने



काठमाण्डौ, चैत्र २४

प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलभित्रै मोर्चाको मागबारे साझा धारणा बनाउन बुधबार बालुवाटारमा कांग्रेसका दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए ।

छलफलमा सहभागी कांग्रेस नेताद्वय कृष्णप्रसाद सिटौला र रमेश लेखकले मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि दुई चरणको विकल्पमा केन्द्रीत रहेर विकल्प खोज्न जोड दिए । पहिलो, सरकारले अहिले प्रस्तुत गरेकै विधेयकलाई मतदानमा लैजाने । दोस्रो, सरकार र मोर्चाबीच गठित अनौपचारिक कार्यदलले तयार पारेको संविधान संशोधनको ५ विषयलाई अघि बढाउने ।

तर प्रधानमन्त्रीले जनघनत्वका आधारमा मधेसका केही भागमा स्थानीय तहको संख्या र छुट मतदाता नामावली नथपेसम्म मोर्चा नमाने के गर्ने भन्नेबारे जिज्ञासा राखेका थिए । कांग्रेसले मोर्चाका पछिल्ला दुई सरोकारमध्ये मतदाता नामावली थप गर्ने विषय भने सम्भव नहुने अडान दोहो¥याएको छ ।
यो खबर हामिले आजको कान्तिपुर दैनिकबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News