लागुऔषधसहित पक्राउ परेकाहरुको घरबाट रिभल्वर र गोली बरामद



काठमाडौं । काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन् ।

प्रहरीले ९२० मिलिग्राम, नगद ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली समेत बरामद गरेको छ।

शाहीको घर पछाडि लुकाइराखेको रिभल्वर एक थान तथा गोली दुई राउण्ड र सुजनको घरमा लुकाइराखेको रिभल्वर एक थान तथा गोली चार राउण्ड फेला पारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुमाथि यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्