काठमाडौँको कुमारीगालबाट नगद र मोबाइल चोरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका-७, कुमारीगालस्थित डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट २ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
दोलखा जिरी नगरपालिका-९ घर भएका २५ वर्षीय जया नन्द पाख्रिनको कोठाबाट आइतबार साँझ चोरी भएको हो। चोरी भएका धनमालमा नगद २ लाख ५० हजार रूपैयाँ र १ थान मोबाइल समेत रहेको छ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार
















