जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन प्रकरणका राई पक्राउ



काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सुन तस्करीका एक अभियुक्त पक्राउ परेका छन् ।

सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार रहेका ६० किलो सुन प्रकरणका हर्कराज राई पक्राउ परेका हुन् ।

उनलाई ब्रेक प्यान्डमा सुन लुकाएर नेपाल भित्र्याउने योजनामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएका थियो।

संगठित अपराध सुन भन्सार चोरी पैठारीअन्तर्गतको कसुरमा सो कारागारमा रहेका भोजपुरको अरुण गाउँपालिका–४ घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका-४ पासिकोट बस्ने राई गत भदौ २४ गते भागेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ५१ वर्षीय राईलाई सोमबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो।

प्रहरीले आवश्यक कारबाहीको लागि हिजो नै उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागार सुन्धारामा पठाएको छ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्