यस्तो छ भोजपुरको प्राविधिक एसएलसीको नतिजा (सबै विवरण सहित)


 


भोजपुर, असार १३

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अाज प्राविधिक एसएलसीको नतिजा प्रकाशित गर्यो । कार्यालयले प्राविधिक धारबाट पहिलो पटक एसएलसी दिएका विद्यार्थीको नतिजा पास फेलमा नभइ ग्रेडिङका आधारमा प्रकाशित गरेको हो।

प्रकाशित नतिजा अनुसार ‘ए प्लस’ ग्रेडमा २ सय १५ जना, ‘ए’ ग्रेडमा ७ सय ८९ जना, ‘बी’ मा २ हजार १ सय ३१ जना उत्तीर्ण भएका छन्। यसै गरी ‘सी’ १ सय २४ र ‘डी’ मा १ जना उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार ‘ई’ ग्रेड कसैले ल्यानन् ।

कक्षा नौदेखि नै प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीले यस वर्ष पहिलो पटक एक हजार पूर्णाङको परीक्षा दिएका थिए। विद्यार्थीले प्राप्त गरेको नम्बरको आधारमा ग्रेडिङ छुट्टाइको हो।

९० देखि १०० प्रतिशतको बीचमा अंक ल्याउने विद्यार्थीलाई ए प्लस ग्रेड, ८० देखि ८९ सम्म ल्याउनेलाई ए, ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘बी’, ४० देखि ५९ ल्याउनेलाई ‘सी’, २५ देखि ३९ ल्याउनेलाई ‘डी’ ग्रेड र २५ भन्दा कम ल्याउनेले ‘ई’ ग्रेड प्राप्त गरेका हुन्।

प्राविधिक शिक्षा लागू भएका ९९ विद्यालयबाट ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका थिए।

विद्यार्थीलाई फेल हुने तनावबाट मुक्त गर्न यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले प्राविधिकतर्फको नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशन शुरुवात गरेको हाे । परीक्षणको रुपमा प्राविधिकतर्फका परीक्षार्थीको नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशन गर्ने र क्रमशः साधारण शिक्षातर्फ समेत लागू गर्ने सरकारको योजना  छ।

भाेजपुरमा प्राविधिक धारबाट विश्वप्रेमी उच्च मावि याकुबाट यो बर्ष २५ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । उनिहरु सबै पास भएका छन् । प्राप्त नतिजा अनुसार एक जना ए २३ जना बी र एक जना सि ग्रेडमा पास भएका छन् ।

यि हुन भोजपुरमा पास हुने विद्यार्थी

सिम्बोल नम्बर          ग्रेड
8080004J A
8080001G B
8080002H B
8080003I B
8080005K B
8080006L B
8080007M B
8080008N B
8080009O B
8080010P B
8080011Q B
8080012R B
8080013S B
8080014T B
8080015U B
8080016V B
8080017W B
8080018X B
8080019Y B
8080020Z B
8080021A B
8080023C B
8080024D B
8080026F B
8080028H B
8080004J B
8080001G B
8080002H C

यो पनि पढ्नुहोस्

एसएलसीमा भोजपुरको अवस्था कस्तो छ ? सबै विवरण यहाँ उपलब्ध गराएका छौं

प्रकाशित मिति: १३ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्