आज विश्व मधुमेह दिवस मनाइँदै
काठमाडौँ, कार्तिक २८ । विविध चेतनामूलक कार्यक्रमसहित आज विश्व मधुमेह दिवस मनाइँदैछ ।
मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए भने १९८० मा १० यो समस्याबाट पीडित थिए ।
मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो । स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन् ।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार
















