स्याङ्जामा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ



स्याङ्जा । स्याङ्जामा एकनाले भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन् । जिल्लाको गल्याङ नगरपालिका–९ डुबिन बस्ने ३६ वर्षीय रामप्रसाद भट्टराईलाई एकनाले भरुवा बन्दुकसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्